नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नतिजालाई आफूले स्वाभाविक रुपमा लिएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस उपसभापतिमा पराजित गच्छदारले पार्टीमा स्थानीय तहदेखि केन्द्रसम्म स्वस्थ प्रतिस्पर्धा भएकाले केही उतार–चढाव हुनुलाई आफूले पनि स्वाभाविक रुपमा लिएको स्पष्ट गरे ।
अधिवेशनको दौरानमा पार्टीका कार्यकर्ता बीचमा देखिने दूरी स्वभाविक भएको र यो विस्तारै कम हुँदै जाने उनले विश्वास व्यक्त गरे । आगामी निर्वाचनमा पार्टी एकढिक्का भएर लाग्नुपर्ने उनको धारणा थियो ।
तीनै तहको निर्वाचन एकै पटक वा अलग–अलग गर्ने भन्ने विषयमा निर्वाचन आयोगले तयारी गरिरहेको पनि उनले बताए ।
अधिवेशनका दौरान देखिएका नकारात्मक कुरालाई बिर्सेर आगामी दिनमा सिंगो पार्टी एक ढिक्का भई अघि बढ्नेमा उनले विश्वास व्यक्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।