नेपालको संघीयता नितान्त मौलिक : महरा

गाईघाट– सभामुख कृष्णबहादुर महराले नेपालको संघीयता अन्य देशको भन्दा नितान्त फरक र आफ्नै देशको परिवेशमा आधारित रहेको बताएका छन । 

उदयपुरको गाईघाटमा आयोजित संविधान, संघीयता कार्यान्वयन र अन्तरसम्बन्ध विषयक अन्तर्क्रिया कार्यक्रममा सभामुख महराले नेपाल बहुभाषी, बहुजाति र बहुधार्मिक देश हुनाले पनि हाम्रो संघीयता आफ्नै मौलिक प्रकारको रहेको बताए । 

जनप्रतिनिधिले संघीयताका नाममा अन्य देशको जस्तो चाहियो भनेर अधिकारको कुरा गर्नुभन्दा हाम्रो देशको भौगोलिक, संस्कृति, जातीय बनावट हेरेर मात्र हाम्रो मौलिक संघीयता स्वीकार गर्नपर्ने आवश्यकता रहेको धारणासमेत सभामुख महराले व्यक्त गरे । 

राज्यको तीनै तहले अधिकार खोज्दा र कुरा गर्दा संविधानले निर्दिष्ट गरेको मात्र आफूहरुको अधिकार हो भनेर बुझ्नसमेत उपस्थित जनप्रतिनिधिलाई उनले आग्रह गरे । कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष काशिराज दाहाल र अधिवक्ता रामबहादुर थापाले समेत नेपालको वर्तमान संघीयता र तीनै तहको अधिकारकारको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्ग परियारले बताए । 

जिल्ला समन्वय समिति उदयपुरले आयोजना गरेको सो कार्यक्रममा जिल्लाका आठ स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहितका जनप्रतिनिधिको उपस्थिति थियो । 





  • प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार १४:५७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया