संगीतकार भुसालको ‘नसा’ सार्वजनिक

संगीतकार शान भुसालको नयाँ गीत ‘नसा’को म्युजिक भिडियो बजारमा आएको छ । ‘नशा’मा भारतीय गायक अनुग्रह विष्टको स्वर रहेको छ । 

अमेरिकाको ड्यालसमा छायांकन भएको उक्त नेपाली गीतका रचनाकार पनि संगीतकार भुसाल स्वयं हुन् । गीतको रेकर्डिङ पनि मुम्बईको बिबिजे स्टुडियोमा भएको हो । 

गीतको म्युजिक भिडियोलाई विकास बराइलीले निर्देशन गरेका छन् । भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रीया पास्कुसी, अंकित शर्मा र दीपेश आचार्यले अभिनय गरेका छन् । 

गीतको भिडियोलाई ‘म्युजिकल फिल्म’को रूपमा कथासहित उतारिएको र दर्शक–श्रोताले मन पराउनेमा विश्वस्त रहेको संगीतकार भुसालले बताएका छन् । 





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १८:७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया