कारागारबाट छुटाइदिने लोभ देखाई बलात्कार

सप्तरी- कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन् । 

राजपा नेपाल जिल्ला कोषाध्यक्ष छिन्नमस्ता–५ लोखरमका मनोजकुमार मेहतालाई सो आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालका अनुसार आइतबार पक्राउ परेका मेहताविरुद्ध बलात्कार तथा ठगी दुवै मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको हो । 

उक्त पार्टीका सदस्य सुनीलकुमार झाले पार्टीका साथीले जानकारी गराएपछि आफूले थाहा पाएको बताए । राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमानलार्इ  छुटाइदिने आश्वासन दिलाइ मेहताले पटकपटक गरी साढे दश लाख ठगी गर्नुका साथै बलात्कार पनि गरेको पीडितको जाहेरीमा उल्लेख छ । 





  • प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार १५:३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया