लता मंगेशकरको आइसियूमा उपचार जारी, अवस्था नाजुक

बलिउडकी गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । कोभिड–१९  संक्रमित उनको स्वास्थ्यमा अझै सुधार आएको छैन । 

उनलाई गत जनवरी ९ को राति मुम्बईको ब्रीच केण्डी अस्पतालमा भर्ना गरिएको थियो । लतालाई कोभिडसँगै निमोनिया पनि भएको छ ।

उनको उपचारमा संलग्न चिकित्सक प्रतीत समतानीले लताको आइसियूमै उपचार भइरहेको बताएका छन् । 

उनलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ । हाल उनलाई भेट्न बाहिरी मान्छेलाई रोक लगाइएको छ । 





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार २१:२६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया