अंग्रपङ्तिमा खटिनेहरूका लागि बुस्टर खोप लगाउन सुरु

काेराेना विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्रमार्फत् काेराेना विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो।  

काेराेना विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरूलाई बुस्टर खोप दिन थालिएको हो । 

काठमाडौंका विभिन्न स्थानमा भएका खोप केन्द्रहरूमा खोप लगाउनेको भीड रहेको छ । 

सञ्चालित खोप केन्द्रहरूमध्ये नर्भिक इन्टरनेशनल हस्पिटलमा पनि खोप लगाउनेहरूको भीडभाड रहेको छ । नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले सोमबारदेखि सुरु भएको बुस्टर खोप अग्रपंक्तिमा रहेर मुलुकको सेवा गर्नेहरूका लागि लगाइएको बताए ।

खोप अभियान जारी रहने उनको भनाइ छ ।

बुस्टर खोप लगाउनका लागि यसअघि खोप लगाइसकिएको खोप कार्ड अनिवार्य गरिएको छ । यो खोप सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, लोत्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगंज, वीर अस्पताल, शुक्रराज ट्राफिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगाइन्छ ।



त्यसैगरी छाउनी, बयोधा अस्पताल बल्खु, प्रसुति रोग तथा स्त्रीरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँ बानेश्वर, पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल सामाखुसी, काठमाडौं मोडल अस्पताल, एपेक्स पोलिक्लिनिक जडिबुटी, काठमाडौं मोडल अस्पताल, प्रदर्शनीमार्ग, जनमैत्री अस्पताल बालाजु, शुभेच्छा अस्पताल थापाथली, नर्भिक अस्पताल थापाथली र नोबेल अस्पताल सिनामंगलबाट पनि सो खोपको मात्रा लगाउने व्यवस्था गरिएको छ ।



  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १३:२४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया