गठबन्धनले एक्लै हिँड्न लगाउँदा मन्त्रिपरिषद बिस्तार भएन : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गठबन्धनले एक्लै हिँड्न सुझाएको कारण मन्त्रिमण्डल बिस्तार गर्न नसकिएको बताएका छन् । 

सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘मन्त्रीको भागबण्डा मिलेकै छैन । हामी पनि एक्लै गएका हौं, तपाईं पनि एक्लै जानुस् भन्ने गठबन्धनको सल्लाह छ ।’  

मुख्यमन्त्री शाहीले बरु पद छोड्ने तर गठबन्धन टुक्राएर अगाडि नबढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । एक्लै भए पनि काममा भने कुनै बाधा नपुर्‍याएकाे उनकाे भनाइ छ।

गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका जीवनबहादुर शाहीले तीन महिना बित्नै लाग्दा समेत मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । दुईवटा मन्त्री बाहेक अन्य मन्त्रालयको कार्यभार मुख्यमन्त्री जीवनबहादुर शाही आफैँले सम्हाल्दै आएका छन् । 

हालसम्म पनि मन्त्रिमण्डललाई पूर्णता दिन नसकेका शाहीले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा गठबन्धनमा भागबण्डा मिलाउन नसक्दा नै मन्त्रिमण्डल बिस्तारमा ढिलाइ भएको सुनाए। । 



कात्तिक ३० गते भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही र मंसिर १४ गते आर्थिक मामिला तथा योजनामन्त्रीमा नेकपा माओवादी केन्द्रका बिन्दमान विष्टलाई मन्त्रीपदमा नियुक्त गरिएको थियो । 

तर अन्य मन्त्रालयहरू भने हालसम्म पनि मन्त्रीविहीन रहेका छन् । जसले गर्दा मन्त्रिपरिषद् बिस्तार गर्न नसकेको आरोप मुख्यमन्त्री शाहीले खेप्दै आएका छन् ।



  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १४:३५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया