बलम्बु अस्पतालका स्टाफलाई कोरोना संक्रमण, उपचारमा सास्ती

बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा कोरोना संक्रमण देखिएको छ । सोमबारसम्ममा ३२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हाे । 

कोरोना संक्रमणको लहर तीव्र गतिमा फैलिँदै गर्दा उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी डाक्टर प्रविन नेपालले जानकारी दिएका छन् ।

उनले भने, ‘हालसम्म ३२ जनालाई कोरोना संक्रमण देखिइसकेको छ । अझै थपिने सम्भावना पनि छ । यस्तो भएमा निकट भविष्यमा उपचारमा नै समस्या हुन सक्नेछ ।’

उनका अनुसार स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि हुँदा ड्युटी रोटेसनमा समस्या भएकाे छ ।





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १४:५९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया