बक्सिङ टिमकाे बिदाइ

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाइ गरेका छन् ।

जनवरी २० देखि ३० सम्म उज्वेकिस्तानको तास्कन्दमा आयोजना हुन गइरहेको एएसबिसी यु-२२ महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकलाई खेलकुदमन्त्री अथकले बिदाइ गरेका हुन् ।

प्रतियोगिताका लागि नेपालको प्रतिनिधित्व गर्दै उज्वेकिस्तान जान लागेकी एक मात्र खेलाडी शुष्मा तामाङलाई बिदाइ गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिए । 

बक्सिङको विश्ववरीयतामा जुनियरतर्फ छैठौं नम्बरमा पर्न सफल तामाङबाट नेपाली खेल क्षेत्रले ठूलो आशा गरेको बताउँदै मन्त्रीअथकले भने, ‘पदक लिएर फर्कनुहोस, अग्रिम शुभकामना ।’ 

पूर्वाधारको अभाव तथा कमजोर व्यवस्थापनका कारण नेपाली खेल क्षेत्रको विकासमा केही समस्या देखिए पनि नेपाली खेलाडीहरूले भने सधैं उच्च मनोबलका साथ अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएको उल्लेख गर्दै मन्त्री अथकले खुसी व्यक्त गरे । 

उनले खेल क्षेत्रको विकासका लागि व्यवस्थापन पक्षको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसलाई व्यवस्थित गर्ने प्रयास भइरहेको समेत प्रष्ट पारे । 



एसियाका ३० देश सहभागी हुने अण्डर-२२ बक्सिङ प्रतियोगिताका लागि नेपाली खेलाडी तामाङसँगै बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रशिक्ष कनबिन तण्डुकारको टिम उज्वेकिस्तान जान लागेकाे हाे ।

तामाङले ४८ किलो तौल समुहमा प्रतिस्पर्धा गर्ने तालिका रहेको मुख्य प्रशिक्षक मगरले जानकारी दिए । नेपाली टिम टर्किस एयरबाट मंगलबार राति ११ बजे उज्वेकिस्तान जाने ​कार्यक्रम रहेको छ। 



बिदाइ कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष लगायत कापदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १६:१८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया