एकैदिन ६ हजार ७३४ जनामा काेराेना संक्रमण, ३ जनाकाे मृत्यु

नेपालमा पछिल्लाे २४ घन्टामा थप ६ हजार ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ६ हजार ७३४ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

देशभर १७ हजार ४६५ जनाकाे काेराेना परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

यसैगरी पछिल्लाे २४ घन्टामा थप ३ जना काेराेना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ६२३ पुगेकाे छ।

यही अवधिमा ५४७ जना काेराेनामुक्त भएका छन् भने हाल देशभर ३० हजार ८७७ सक्रिय संक्रमित रहेका छन् ।
 





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १६:३७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया