बार्टी अस्ट्रेलियन ओपनको दोस्रो चरणमा

विश्व नम्बर १ एस्ले बार्टी वर्षको पहिलो ग्राण्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

घरेलु खेलाडी बार्टीले पहिलो चरण अन्तर्गत मेलबर्नमा सोमबार भएको खेलमा युक्रेनकी लेसिया त्सुरेन्कोलाईलाई सोझो सेटमा पराजित गरेकी हुन् ।

बार्टीले खेल ६-० र ६-१ ले आफ्नो पक्षमा पार्दै दोस्रो चरणमा स्थान सुरक्षित गरिन् । उनले अब इटालियन खेलाडी लुसिया ब्रोन्जेट्टटीको सामना गर्ने छिन् । 

त्यस्तै स्पेनिस खेलाडी राफेल नाडाल पनि आफ्नो खेलमा जित हात पार्दै दोस्रो चरण प्रवेश गरेका छन् ।

नाडालले पहिलो चरणमा अमेरिकी खेलाडी मार्कोस जिरोनलाई ६-१, ६-४ र ६-२ ले पराजित गरेका हुन् ।  





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १६:४३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया