प्रदेश–२ को नाम ‘मधेस’राख्ने प्रस्तावको पक्षमा दुईतिहाइ बहुमत जुटेसँगै सो प्रदेशको नाम मधेस कायम भएको छ । सोमबार प्रदेशसभामा भएको मतदानमा ‘मधेस’ नाममा दुईतिहाइ मत परेको हो ।
प्रदेशसभामा रहेका १०४ मध्ये मतदानमा ९९ सांसद सहभागी भए । जसमा ८० जनाले मधेसको पक्षमा मतदान गरेको सभामुख सरोजकुमार यादवले बताए ।
प्रदेश – २ को नामकरणको सम्बन्धमा कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेस’ नाम प्रस्ताव गरेका थिए ।
यसअघि मतदानबाटै प्रदेश २ को राजधानी जनकपुर कायम भइसकेको छ । दुईतिहाइभन्दा बढी सांसदले जनकपुरको पक्षमा मतदान गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।