अफ्रिका कप अफ नेसन्स : बराबरीमा राेकियाे क्यामरुन

अफ्रिका कप अफ नेसन्स अन्तर्गत गए रातिकाे खेलमा आयोजक क्यामरुन केप भार्डेसँग बराबरीमा राेकिएकाे छ ।

पउल बिया स्टेडियममा दुवै टाेलीले १-१ काे बराबरी खेलेका हुन् ।

सुरुवाती अग्रता जाेगाउन नसक्दा घरेलु टाेली अंक बाँड्न बाध्य बन्याे ।

खेलकाे ३९औं मिनेटमा भिसेन्ट अबाैवाकरले गाेल गर्दै क्यामरुनलाई अग्रता दिलाएका थिए ।

५३औं मिनेटमा ग्यारी राेड्रिगेसले केप भार्डेका लागि बराबरी गाेल फर्काए ।

याे नतिजासँगै ३ खेलमा ७ अंक जाेडेकाे क्यामरुनले समूह 'ए' बाट विजेताका रूपमा अन्तिम १६ मा स्थान बनायाे ।



३ खेलमा ४ अंक जाेडेकाे केप भार्डे तेस्रो स्थानमा रह्याे ।

केप भार्डेकाे पनि तेस्रो स्थानमा रहने टाेलीमघ्ये शीर्ष चारभित्र रहेर अन्तिम १६ मा पुग्ने सम्भावना छ ।



समूह ए अन्तर्गत  गए राति नै भएकाे अर्को खेलमा बुर्किना फासाे र इथियाेपियाले पनि १-१ काे बराबरी खेलेका छन् ।

याे नतिजासँगै ३ खेलमा ४ अंक जाेडेकाे बुर्किना फासाे उपविजेताका रूपमा अन्तिम १६ प्रवेश गर्दा समान खेलबाट १ अंक जाेडेकाे इथियाेपिया अन्तिममा रहेर समूह चरणबाटै बाहिरियाे ।

तेस्रो स्थानकाे केप भार्डेसँग समान अंक भए पनि  बुर्किना फासाे `हेड टु हेड´ काे आधारमा अघि बढेकाे हाे ।

  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार ७:२८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया