लेवान्डाेस्की बने लगातार दोस्रोपटक फिफा वर्ष पुरुष खेलाडी

जर्मन क्लब बायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले २०२१ को उत्कृष्ट फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

लेवान्डोस्कीले लगातार दोस्रो पटक फिफा वर्ष खेलाडीको अवार्ड हात पारेका हुन् ।

३३ वर्षीय लेवान्डोस्कीले गत वर्ष ६९ गोल गरेका थिए । 

लेवान्डोस्कीले लिभरपुलका इजिप्टियन फरवार्ड मोहम्मद सलाह र पेरिस सेन्ट जर्मेनका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीलाई पछि पार्दै याे अवार्ड हात पारेका हुन् ।

उनी लगातार दोस्रोपटक याे अवार्ड प्राप्त गर्ने दोस्रो खेलाडी हुन् ।

यसअघि क्रिस्टियानाे राेनाल्डाे सन् २०१६ र २०१७ मा लगातार दोस्रोपटक फिफा वर्ष खेलाडी चुनिएका थिए ।



महिलातर्फ बार्सिलोनाकी स्पेनिस खेलाडी एलेक्सिया पुटेलासले उत्कृष्ट फिफा महिला वर्ष खेलाडीको अवार्ड हात पारिन् ।

म्यान्चेस्टर युनाइटेडका पाेर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरिएको छ । रोनाल्डोलाई पुरुषतर्फ अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको रूपमा सम्मान गरिएको हो । 



महिलातर्फ याे अवार्ड पाेर्टल्यान्ड थ्राेन्सकी क्यानडाली फरवार्ड क्रिस्टिन सिन्क्लेयरलाई प्रदान गरियाे। 

सेभिल्याका अर्जेन्टिनी मिडफिल्डर एरिक लामेलाले फिफा पुस्कास अवार्ड प्राप्त गरे । 

सेनेगल तथा चेल्सीका इडुआर्ड मेन्डीले उत्कृष्ट पुरुष गोलरक्षकको अवार्ड हात पारे । 

महिलातर्फ चिली तथा ओलम्पक लियाेनकी क्रिस्टियन इन्डलेर उत्कृष्ट गाेलरक्षक चुनिइन ।

चेल्सी थाेमस टुचेलले पुरुष तथा इमा हाएसले महिला वर्ष प्रशिक्षककाे अवार्ड हात पारे ।

डेनमार्क र फिनल्यान्डका समर्थकले फिफा फ्यान अवार्ड प्राप्त गरे ।

डेनमार्डको पुरुष राष्ट्रिय फुटबल टोली तथा मेडिकल टिमले फिफा फेयर प्ले अवार्ड जित्यो ।

  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार ८:२७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया