उच्चस्तरीय राजनीतिक संयन्त्र संयोजक तथा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बालुवाटारमा हुने संयन्त्रको बैठकमा नजाने भएका छन् ।
तनहुँका एक जना मेयरमा कोभिड पोजिटिभ भएपछि पौडेल कन्ट्रयाक्ट ट्रेसिङमा छन् । उनको स्वास्थ्य परीक्षण हुन बाँकी छ । सोही कारण मंगलबारको संयन्त्रको बैठकमा सहभागी नहुने भएको उनका प्रेस संयोजक खिला कार्कीले फरकधारलाई बताए ।
केही दिन अघि पौडेल गृहजिल्ला तनहुँमा भएको एउटा कार्यक्रममा सहभागी भएका थिए । सोही कार्यक्रममा सहभागी एक मेयरमा संक्रमण पुष्टि भएको थियो ।
संयन्त्रको बैठक राष्ट्रियसभा सदस्य निर्वाचनलगायत विषयमा छलफल गर्न बस्न लागेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।