सत्तारूढ गठबन्धनभित्र आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नका लागि सहमति भएको छ । निर्वाचन आयोगले ०६९ साल वैशाखमा निर्वाचन गर्नका लागि मिति घोषणा गरिसकेको छ ।
यसबारे आज बसेको सत्ता गठबन्धनको बैठकमा छलफल भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन गर्नका लागि सहमति भएको हो ।
सत्ता गठबन्धनको अर्को बैठक पुनः माघ ६ गते बस्ने तय भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ । प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका हुन् ।
गठबन्धनका नेताहरू माधव नेपाल, उपेन्द्र यादवलगायत कोभिड संक्रमणका कारण आजको बैठकमा सहभागी हुन सकेका थिएनन् । उनीहरूसहित अब बस्ने बैठकले निर्वाचनसम्बन्धी आधिकारिक निर्णय गर्ने उनले बताए ।
यद्यपि नेताहरूबीच वैशाखमा चुनाव गराउने सहमति भने भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।