प्रधानमन्त्री कप क्रिकेट : बागमतीलाई हराउँदै पुलिस फाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी-२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

पुलिसले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा बागमतीलाई ५० रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । 

१५६ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो ।

बागमतीका लागि आदिल खानले सर्वाधिक २७ रनको योगदान दिँदा कप्तान ज्ञानेन्द्र मल्लले २३ रन जोडे । रामनेश गिरी २२ तथा रिजन ढकाल १५ रनमा अविजित रहे । पुलिसका लागि दिपेन्द्रसिंह ऐरीले ५, सागर ढकालले २ तथा आरिफ शेखले १ विकेट हात पारे । 

यसअघि टस जितेर ब्याटिङ राजेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।

पुलिसका लागि पवन सर्राफले अर्धशतकीय पारी खेले । ५४ बलमा ५९ रन बनाएका उनले समान ३ चौका र छक्का प्रहार गरे ।



दिलिप नाथ ३१ रनमा अविजित रहँदा अनिल शाहले २५ रन जोडे । अन्य ब्याटरले दोहोरा अंकमा रन बनाउन सकनेनन्
 
खराब सुरुवात गरे पनि पवन र अनिलले तेस्रो विकेटका लागि ७८ रनको महत्वपूर्ण साझेदारी गर्दै पुलिसको पारी उकासेका थिए ।

बागमतीका लागि रिजन ढकाल र नन्दन यादवले २-२ तथा प्रतिश जिसीले १ विकेट हात पारे । 



पुलिसले उपाधिका लागि नेपाल एपिएफ क्लब र त्रिभुन आर्मी क्लबबीचको विजेताकासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल माघ ५ गते (भोलि) हुनेछ । 

पुलिस समूह ए को विजेता तथा बागमती समूह बी को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए ।  
 

  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १२:२१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया