सुनकाे मूल्यमा सामान्य वृद्धि
फरकधार / ४ माघ, २०७८

नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएकाे छ ।



प्रति ताेलामा सय रुपैयाँले बढी ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे ९२ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रुपैयाँ ताेकिएकाे छ ।

सुनकाे मूल्य बढ्दा चाँदीकाे भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार २५५ मा कारोबार भएको थियाे । आज पनि सोही मूल्यमै काराेबार भइरहेकाे महासंघले जनाएकाे छ।



  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १२:५२:६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया