धनुष-ऐश्वर्याको सम्बन्धविच्छेदका यस्ता छन् कारण

सोमबार राति साउथ भारतीय चलचित्रका सुपरस्टार धनुष र रजनीकान्तकी छोरी ऐश्वर्याले वैवाहिक सम्बन्धबाट अलग भएको घोषणा गरे । यो खबरले साउथ फिल्म उद्योगसँगै कैयौँ देशमा रहेका उनका फ्यानलाई स्तब्ध भएको छ ।

यी दुईलाई आदर्श जोडी मानिन्थ्यो । धनुष साउथ फिल्म इन्डस्ट्रीका सबैभन्दा सफल स्टार मध्येका एक हुन् भने ऐश्वर्या फिल्म निर्देशक हुन् । किन भयो यी दुईको सम्बन्धविच्छेद ? सिंगो इन्डस्ट्रीसँगै फ्यानहरूको मनमा पनि यो प्रश्न उठेको छ ।

भारतीय सञ्चारमाध्यम भास्करले साउथ सिनेमासँग जोडिएका केही व्यक्तिसँग यी दुईबीचको सम्बन्ध टुट्नुको रहस्य खोजेको छ । यी दुवैलाई नजिकबाट चिन्नेहरूका अनुसार सन् २०१९ देखि उनीहरूको सम्बन्ध राम्रो थिइन ।

धनुष-ऐश्वर्याको सम्बन्ध बाहिरी दुनियाँका लागि फरक थियो भने बन्द ढोकाभित्र सम्बन्ध टुटिसकेको थियो । यसका २ मुख्य कारण थिए । पहिलो– धनुषको सह–कलाकारसँगको आफ्नो सम्बन्ध र दोस्रो– फिल्म निर्देशनमा ऐश्वर्याको असफलता ।

अभिनेत्रीसँग धनुषको नाम जोडिनु

समय-समयमा धनुषको नाम सह–अभिनेत्रीसँग जोडिएको खबर आउन गर्थ्यो । उनीहरूबीचको सम्बन्ध तोडिनुको ठूलो कारण नै यही भएको साउथ सिनेमासँग जोडिएकाहरू बताउँछन् । धनुषसँग नाम जोडिनेमा अमला पल, श्रुति हासन र त्रिशा कृष्णन सबैभन्दा अगाडि छन् । उनको नाम २०२० मा श्रुतिसँग जोडिएको थियो । श्रुतिले धनुषसँग ऐश्वर्याको निर्देशनमा बनेको फिल्म टिनमा काम गरेकी थिइन् ।



धनुषसँग त्रिशा कृष्णन र अमला पलको नाम पनि जोडिएको छ । तृषा र धनुष साउथ चलचित्र उद्योगका असल साथी मानिन्छ । यी समाचारका कारण धनुष–ऐश्वर्याबीच तनावको अवस्था सिर्जना भएको थियो । यी सम्बन्धका बारेमा कसैबाट कुनै प्रतिक्रिया आएको छैन । त्यसैले उनीहरूसँग धनुषको सम्बन्ध जोडिएको कुरालाई अफवाहको रूपमा लिइन्छ ।

रजनीकान्तकी छोरी भएर पनि ऐश्वर्याले काम पाइनन्



रजनीकान्तकी छोरी भएर पनि ऐश्वर्याले साउथ इन्डस्ट्रीमा जति काम पाउनुपर्ने थियो, त्यति पाइनन् । सुरुका तीन फिल्मपछि उनसँग कुनै काम थिएन । सोही फिल्ममा धनुषले संगीतकार अनिरुद्धको धुनमा कोलावेरी-डी गीत गाए, जुन फिल्म रिलिज हुनुअघि नै चार्टबस्टर साबित भयो । यस फिल्ममा धनुषको अपोजिट श्रुति हासनले अभिनय गरेकी छिन् । फिल्म भने बक्स अफिसमा फ्लप साबित भए ।

साउथ सिनेमालाई पुरुष प्रधान उद्योग मानिन्छ । यहाँ केटीहरूले नायिकाको रूपमा मौका पाउँछन् तर निर्देशनजस्ता काममा त्यति धेरै अवसर पाउँदैनन् । जसका कारण ऐश्वर्याले पहिलो फिल्मपछि अर्को फिल्म पाइनन् । उनले केही सर्ट फिल्म र डकुमेन्ट्रीमा पनि हात हालेकी थिइन् तर खासै सफलता भने पाउन सकिनन् ।

ऐश्वर्या मुम्बईमा बस्न चाहन्छिन्

ऐश्वर्या आफ्नो डुबिरहेको करियरलाई उठाउन साउथ फिल्म इन्डस्ट्रीको सट्टा बलिउडमा काम गर्न चाहन्छिन् । जसका कारण उनको अधिकांश समय मुम्बईमा बितिरहेको छ ।

यस्तो अवस्थामा दुवैलाई सँगै बस्न मुस्किल भएको थियो । मुम्बईमा धेरै सफल महिला निर्देशकहरू छन् र बलिउडमा कम लिङ्ग भेदभाव छ, त्यसैले ऐश्वर्या यहाँ आफ्नो करियर बनाउन गर्न खोज्दै छिन् ।

धनुषको व्यस्तता

उनीहरूको सम्बन्धमा दूरी आउनको अर्को कारण धनुषले एकपछि अर्को चलचित्र साइन गर्नु हो । उनको अधिकांश समय सुटिङ र बाहिर बित्ने गरेको छ । उनले पारिवारिक सम्बन्ध र घरलाई धेरै समय दिन सकेका छैनन् । साउथ इन्डस्ट्रीबाहेक उनले बलिउडमा धेरै फिल्म पाइरहेका छन् ।

हालै अक्षय कुमार-सारा अली खानसँग आएको उनको फिल्म अतरंगी रेले पनि प्रशंसा पाएको छ । उनको कामको पनि तारिफ भएको छ । अतरंगी रे भन्दा पहिले धनुषले बलिउडको राँझणा र शमिताभमा पनि काम गरिसकेका छन् ।

  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १४:४३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया