नेप्से परिसूचक १०.७८ अंकले गिरावट

पछिल्लो समय लगातार रुपमा बढ्दै आएको सेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार घटेको छ ।

दुई सातादेखि लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक मंगलबार १०.७८ अंकले घटेर २ हजार ९३६.६६ विन्दुमा झरेको छ । तर, यता सेन्सेटिभ सूचक भने १.१० अंकले बढेको छ । मंगलबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार कारोबार रकम भने सोमबारको तुलनामा कही बढेको छ । सोमबार ८ अर्ब तलको सेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ४ उपसमूहको सूचक बढेको छ भने बाँकी ७ उपसमूहको सूचकमा गिरावट आएको छ । त्यस्तै, मंगलबारको कारोबारमा सामलिङ पावर कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ९.४९ प्रतिशतले बढेको छ । मध्यभोटेकोशी जलविद्युतको ८.११ प्रतिशत, बुद्धभूमि हाइड्रोपावरको ६.०८ प्रतिशत, प्रभु बैंकको ५.५६ प्रतिशत र बरुण हाइड्रोपावरको ४.६६ प्रतिशतले बढेको छ । तर, यता मानुषी लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६२ प्रतिशत र सिन्धु विकास बैंकको ४.२१ प्रतिशतले घटेको छ ।

मंगलबारको  कारोबारमा २८ करोड ११ लाख रुपैयाँको सेयर कारोबार गरेर अपि पावर कम्पनी पहिलो स्थानमा रहेको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको २८ करोड ७१ लाख, नेपाल दूरसञ्चार कम्पनीको २५ करोड १९ लाख र हिमालयन डिस्टिलरीको २० करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १९:२६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया