अफ्रिका कप अफ नेसन्स : घाना काेमाेराेसँग पराजित

अफ्रिका कप अफ नेसन्स अन्तर्गत गए रातिकाे खेलमा घाना काेमाेराेसँग पराजित भएकाे छ। 

काेमाेराेसले राेउम्दे एड्जिया स्टेडियममा १० खेलाडीमा सीमित घानामाथि ३-२ काे राेमाञ्चक जित हात पारेकाे हाे । 

काेमाेराेसकाे जितमा अहमद माेग्नीले दुई तथा एल फर्दाै बेनले एक गाेल गरे ।

घानाका लागि रिचमण्ड बोआकेइ र अलेक्जेन्डर जिकुले एक-एक गाेल फर्काए ।

खेलकाे चाैथाे मिनेटमै बेनले गाेल गर्दै काेमाेराेसलाई अग्रता दिलाएका थिए ।

२५ औं मिनेटमा आन्द्रे आयवले राताे कार्ड बेहाेर्दै मैदान छाडेपछि धाना १० खेलाडीमा सीमित बन्याे ।



६१औं मिनेटमा माेग्नीले काेमाेराेसकाे अग्रता दाेब्बर बनाए । ६४औं मिनेटमा बाेआकेइले खेललाई २-१ काे अवस्थामा ल्याए ।

७७औं मिनेटमा जिकुले गाेल गर्दै घानालाई २-२ काे बराबरीमा ल्याए ।



८५औं मिनेटमा माेग्नीले व्यक्तिगत दोस्रो गाेल गरेपछि काेमाेराेसले ३-२ काे राेमाञ्चक जित हात पारेकाे हाे ।

याे जितसँगै ३ खेलमा ३ अंक जाेडेकाे काेमाेराेस समूह 'सी' काे तेस्रो स्थानमा अवस्थित छ ।

काेमाेराेसकाे तेस्रो स्थानमा रहने टाेलीमघ्ये शीर्ष चारभित्र रहेर अन्तिम १६ मा पुग्ने सम्भावना छ ।
३ खेलमा १ अंक जाेडेर अन्तिम स्थानमा रहेकाे घाना समूह चरणबाटै बाहिरिएकाे छ ।

समूह 'सी' अन्तर्गत गए राति नै भएकाे अर्को खेलमा माेरक्काे र गाबाेनले २-२ काे बराबरी खेलेका छन् ।

याे नतिजासँगै ३ खेलमा ७ अंकका साथ माेरक्काे समूह विजेता तथा समान खेलमा ५ अंक जाेडेकाे गाबाेन उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेका छन् ।

त्यस्तै समूह 'बी' अन्तर्गत भएका खेलमा जिम्बावेले गिनियामाथि २-१ काे जित हात पार्दा सेनेगल मलावीसँग गाेलरहित बराबरीमा राेकियाे ।

याे समूहबाट सेनेगल र गिनियाले अन्तिम १६ मा स्थान पक्का गरे ।

तेस्रो स्थानमा रहेकाे मलावीले पनि सम्भावना जीवितै राख्दा अन्तिमकाे जिम्बावे समूह चरणबाटै बाहिरिएकाे छ ।

  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार ७:४९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया