प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी-२० क्रिकेट प्रतियाेगिताकाे उपाधिका लागि दुई विभागीय टाेली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब प्रतिस्पर्धा गर्दैछन् ।
फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान १० बजेबाट हुनेछ ।
आफ्नो जितकाे यात्रालाई फाइनलसम्म कायम राखेका दुवै टाेली आज पनि त्यसलाई निरन्तरता दिँदै उपाधि उचाल्ने साेचमा हुनेछन् ।
पुलिस बागमती प्रदेशलाई ५० तथा एपिएफ अर्को विभागीय टाेली त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै फाइनल प्रवेश गरेका हुन् ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।