कोरोना भाइरसको आतंक सारा संसारमा व्याप्त छ । सन् २०१९ को चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखिएका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ५५ लाख ५३ हजार ९९३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने ३३ करोड ३५ लाख ९६ हजार ११५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो- अमेरिका । अमेरिकामा हालसम्म ८ लाख ५३ हजार ९५१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ६ लाख २१ हजार ८०३ जनाले ज्यान गुमाइसकेका छन् ।
भारतमा हालसम्म ४ लाख ८६ हजार ७६१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
यसैगरी मेक्सिकोमा ३ लाख १ हजार ४६९, पेरुमा २ लाख २ हजार ३ हजार ५५०, रुसमा ३ लाख १६ हजार १६८, बेलायतमा १ लाख ५३ हजार १७, इटालीमा १ लाख ४१ हजार ८२५ र कोलोम्बियामा १ लाख ३१ हजार २६८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।