तपाईंकाे बच्चाकाे पढाइ कस्ताे हाेला ? जुम्ल्याहामाथि गरिएकाे अध्ययनले भन्छ...

पढाइमा हरेक बच्चाहरुको क्षमता फरक हुन्छ ।

कोही छिटो पढ्न सक्छन् त कसैलाई पढ्नमा निकै धेरै समय र ध्यान दिनु पर्ने हुनसक्छ । पछिल्लो अध्ययनले बताएअनुसार स्कुलमा पढ्ने बालबालिकाको अध्ययन औसत हुन्छ या राम्रो हुन्छ भन्ने कुरा उनीहरुको जिनमा निर्भर रहन्छ ।

जिनकै कारण एउटा बच्चाले प्राथमिक विद्यालयमा कस्तो गर्ला भन्ने अनुमान गर्न सकिन्छ । यो अध्ययन बेलायतमा ६ हजार जोडी जुम्ल्याहा बच्चाको पढाइलाई आधार बनाएर गरिएको हो । यी ६ हजार बच्चाको अध्ययनबारे निकै ध्यान दिइएको थियो । र, अन्त्यमा के पाइयो भने प्राथमिक विद्यालयमा राम्रो गर्ने बच्चाहरुले पछि गएर पनि राम्रो गर्नुकाे कारण उनीहरुकाे जिन हाे ।

यो अध्ययन जुम्ल्याहा बच्चामा गर्नुको कारण चाहिँ उनीहरुको जिनमाथि विशेष अध्ययन गर्न सकियोस् भनेर हो । किनकि जुम्ल्याहा बच्चाहरुको जिन एकअर्कासँग १०० प्रतिशतसम्म पनि मिल्न सक्छ । यदि बच्चाको पढाइ प्राथमिक विद्यालयको जस्तै माध्इमिक विद्यालयमा भयो भने त्यसको कारण जिन्लाई मानिएको छ । बच्चाको पढाइको स्तरमा उसको ७० प्रतिशत योगदान उसको डिएनए सिक्वेन्समा निर्भर हुने अध्ययनले जनाएको छ ।

पढाइको २५ प्रतिशत कारण चाहिँ माहोलले निर्धारण गर्छ । बाँकी पाँच प्रतिशत उसको शिक्षकहरुका कारण निर्धारण हुने अध्ययनले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार २१:५७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया