चिनियाँ र अमेरिकन खोप लगाएका जर्मनी जान नपाउने

जर्मन सरकारले कोरोना भाइरसविरुद्ध खोप नीतिमा कडाइ गरेको छ । नयाँ नीतिअनुसार चिनियाँ र अमेरिकन खोप लगाएकाले जर्मन प्रवेश गर्न पाउने छैनन । 

नेपालस्थित जर्मन दूतावासले जर्मनी र युरोपेली मुलुक जान चाहने नेपालीहरूले कोभिसिल्ड, अस्ट्राजेनिका, मोर्डना र बायोएनटेक खोप लगाएको हुनुपर्ने बताएको छ । 

चिनियाँ खोप लगाएका व्यक्तिले जर्मनी प्रवेशका लागि अनुमति नपाउने दूतावासले प्रष्ट पारेको छ ।

नेपालस्थित जर्मन दूतावासले जर्मनी प्रवेशका लागि अनुमति पाउने खोपहरूको नाम तोकेको छ। जसमा कोभिसिल्ड, अस्ट्राजेनिका, मोर्डना र बायोएनटेक रहेका छन् । 

माघ ७ गतेदेखि जर्मनीले कोरोनाविरुद्धका चिनियाँ खोपहरू भेरोसेल, सिनोफार्म र अमेरिकी खोप जोन्सन एण्ड जोन्सन खोप लगाएका व्यक्तिलाई प्रवेश अनुमति नदिने भएको हो ।

जर्मनीले पछिल्लो खोप नीति परिवर्तन गरेर चिनियाँ खोपहरू भेरोसेल र सिनोफार्म तथा अमेरिकी जोन्सन एण्ड जोन्सन खोप लगाएका व्यक्तिलाई कुनै पनि खोप नलगाएको मानिने प्रष्ट पारेको छ ।





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १५:१९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया