किन भयो धनुष–ऐश्वर्याको डिभोर्स ?

दक्षिण भारतीय फिल्मी क्षेत्रका हस्ती धनुष र उनकी पत्नी ऐश्वर्याले लामो समयपछि एकअर्कासँग छुट्टिने निर्णय गरे । उनीहरुले सोमबार एक स्टेटमेन्ट जारी गर्दै आफूहरुले अब डिभोर्स गर्न लागेको जानकारी दिएका छन् । 

दुवैले सन २००४ मा विवाह गरेका थिए । उनीहरुको विवाह किन पनि चर्चामा थियो भने ऐश्वर्या साउथका सुपरस्टार रजनीकान्तकी छोरी हुन् । यी दुईबीच पछिल्लो समय सम्बन्ध पनि निकै राम्रो भएको बताउँदै आइएको थियो । तर, अचानक उनीहरुबीच डिभोर्स हुने चर्चा चलेपछि अब भारतीय मिडियामा यसको कारणबारे अनुमान गर्न थालिएको छ ।

भारतीय मिडिया इन्डिया टुडेमा एउटा रिपोर्टमा धनुष पछिल्लो समय निकै व्यस्त हुन थालेपछि यो डिभोर्स भएको अनुमान गरिएको छ । उनले ऐश्वर्यालाई समय दिन नपाएको भन्दै गुनासो बढेको र यही कारणले उनीहरुको डिभोर्स भएको उल्लेख गरिएको छ ।

ऐश्वर्याले केही समय माग्दा पनि धनुषले कामलाई नै प्राथमिकता दिँदै नयाँ कामहरु सम्झौता गरेकाले उनीहरुको डिभोर्स भएको उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १६:११:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया