सरकारले पूर्वाधार विकास र खेलाडीको सेवासुविधामा कुनै कञ्जुस्याइँ गर्ने छैन : जनार्दन
फाइल फाेटाे

अर्थमन्त्री जनार्दन शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कञ्जुस्याइँ नगर्ने बताएका छन् ।

बुधबार प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेट प्रतियोगिताकाे विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले यस्ताे बताएका हुन् ।

मन्त्री शर्माले नेपालको खेलकुद क्षेत्रमा कमजोर पूर्वाधार हुँदा पनि खेलाडीले राम्रो मेहनत गरेको स्पष्ट पारे ।

उनले खेलाडीले मेहनत गरेअनुसार पूर्वाधार र खेलाडीको सेवा सुविधा नभएको स्वीकार पनि गरे।

उनले सरकारले खेलाडीको सेवासुविधा बढाउने विषयमा पहल गर्ने बताए ।

अर्थमन्त्री शर्माले भने, ‘नेपालको खेलकुद क्षेत्रमा कमजोर पूर्वाधार रहेको छ । यस्तो कमजाेर पूर्वाधार कमजोर भएको अवस्थामा पनि खेलाडीहरूले जुन मेहनत गरिरहनु भएको छ । त्यो प्रशंसा योग्य छ । यो प्रतियोगितामा सातै प्रदेशको टिम सहभागी हुनु भएको छ । जसरी खेलाडीहरूले क्रिकेटमा गर्नु भएको मेहनतअनुसार सरकारले पूर्वाधारको विकास र सेवा सुविधाहरू थप्न सकेको छैन । खेलाडीले पनि मेहनत अनुसार सेवासुविधा पाउनु भएको छैन । त्यस विषयमा सरकारको ध्यानाकर्षण भएको छ । सरकारले पूर्वाधार विकास र खेलाडीको सेवा सुविधा दिन कुरामा सक्दो प्रयास गर्ने छ ।’  



अर्थमन्त्री शर्माले पछिल्लो समय नेपालमा क्रिकेटमा आकर्षण बढे अनुसार नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उत्कृष्टता प्रस्तुत गर्न सफल भएको पनि बताए ।


 



  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १७:२६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया