उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सुशील भट्टराईलाई दिएको छ।
निगमका नायव कार्यकारी निर्देशक भट्टराईलाई सरकारले निमित्त कार्यकारी निर्देशकको पदीय जिम्मेवारी तोकेको हो।
बुधबार भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोक्ने निर्णय गरिएको हो । नियमित काम गर्नुपर्ने भएकाले उनलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल कार्यकाल पूरा गरेर अघिल्लो साता बिदा भएका थिए ।
भट्टराईलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्तको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।