सिटामोललगायत औषधिको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोललगायत औषधिको अभाव तत्काल अन्त्य गर्न गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन् । 

भएको जानकारी आएको भन्दै उनले बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँड र मुख्यसचिव शंकरदास वैरागीलाई बोलाएर औषधिअभावका विषयमा जिज्ञासा राखेका थिए । यसबारे अध्ययन गरेर तत्काल औषधि उपलब्ध गराउने प्रबन्ध गर्न उनले निर्देशन दिएका थिए । 

प्रधानमन्त्रीको निर्देशनलगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग र औषधि उत्पादक कम्पनीसँग परामर्श गरेका थिए । सो क्रममा औषधिअभाव नहुनेगरी अघि बढ्न औषधि उत्पादकहरूले प्रतिबद्धता जनाए । 

 गृहमन्त्री र मुख्यसचिवले कसैले औषधिको कृत्रिम अभाव सिर्जना गरेको पाएमा तत्काल कारबाही गर्न पनि निर्देशन दिएका छन् । 





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार २१:५८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया