भारतविरुद्ध दक्षिण अफ्रिका विजयी, सिरिजमा अग्रता

भारतविरुद्धको एकदिवसीय सिरिजअन्तर्गत बुधबारको पहिलो खेलमा घरेलु टोली दक्षिण अफ्रिका ३१ रनले विजयी भएको छ । २९७ रनको विजयी लक्ष्य पछ्याएको भारतले ५० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाएर २६५ रन मात्र बनाउन सक्यो ।

उसका लागि शिखर धवन, विराट कोहली र शार्दुल ठाकुरले अर्धशतकीय पारी खेले । सर्वाधिक ७९ रनको योगदान दिएका धवनले ८४ बलमा १० चौका प्रहार गरे । कोहलीले ६३ बलमा ३ चौकाको मद्दतले ५१  रन जोडे ।

५० रनमा अविजित रहेका ठाकुरले  ४५ बलमा ५ चौका र १ छक्का प्रहार गरे । उसका लुंगी एनगिडी, ताबरेज शाम्सी र एन्डिले फेहलुकवायोले दुई/दुई, एडेन माक्रम र केशव महाराजले एक/एक विकेट लिए  ।

त्यसअघि बोल्यान्ड पार्क पार्लमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९६ रन बनाएको थियो । उसका लागि रस्सी भान डेर डुसेन र कप्तान टेम्बा बाभुमाले शतकीय पारी खेले । 

 डुसेन ९६ बलमा ९ चौका र ४ छक्कासहित १२९ मा अविजित रहे । ११० रन बनाएका बाभुमाले १४३ बलमा ८ चौका प्रहार गरे । क्विनटन डि ककले २७ रन जोडे ।

चौथो विकेटका लागि डुसेन र बाभुमाले २०४ रनको साझेदारी गर्दै दक्षिण  अफ्रिकालाई बलियो योगफलसम्म पुर्याएका थिए । भारतका लागि जसप्रित बुमराहले २ तथा रविचन्द्रन आश्विनले १ विकेट हात पार्दा १ विकेट रन आटका रूपमा प्राप्त भयो 



यो जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ । दोस्रो खेल शुक्रबार हुनेछ  । 



  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार ७:३९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया