परमादेशी सत्ता गठबन्धनविरुद्ध चुँ बोल्न नसक्नेहरू अस्थिरताका सर्जक हुन् : शंकर पोखरेल
फरकधार / ६ माघ, २०७८

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनको विरुद्धमा बोल्न नसक्नेहरूलाई ‘अस्थिरताको सर्जक’को संज्ञा दिएका छन् । 



उनले ६ महिना स्थानीय तह जनप्रतिनिधिविहीन बनाएर त्यसको दुरुपयोग सत्ता गठबन्धनले गर्न खोजेको आरोप लगाएका हुन् ।

सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्,‘संविधानमा तीनतीन महिना गरेर ६ महिना संकटकाल लगाउन सकिने व्यवस्था समेतलाई ध्यानमा राखेर ६ महिनाभित्र चुनाव गर्नेपर्ने संविधानको व्यवस्थालाई अपव्याख्या गर्दै बिनाकुनै कारण ६ महिना स्थानीय तह जनप्रतिनिधिविहीन बनाएर त्यसको दुरुपयोग गर्नखोज्ने परमादेशी सत्ता गठबन्धन विरुद्धमा चुँ बोल्न नसक्नेहरू आफैँमा अस्थिरताको सर्जक हुन् ।’



सत्ता गठबन्धनका नेताहरू सुरुमा संसदीय निर्वाचन गरेर त्यसपछि मात्र स्थानीय निर्वाचन गर्नेगरी प्रस्ताव अघि बढाउने तयारीमा छ । 



माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सरकार संचालन समन्वय समितिका संयोजक रामचन्द्र पौडेल लगायतका नेताहरूले वैशाखमा संघीय निर्वाचन गर्नेतिर अघि बढेका छन् ।

उनीहरूले आज दिउँसो बस्ने सत्ता गठबन्धनको बैठकमा यो विषय उठाउने तयारी छ ।

  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १२:५३:५९,   अन्तिम अपडेट : माघ ६, २०७८ बिहीबार १२:५५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया