भारतको छवि धमिल्याउन अनेक प्रयास गरिरहन्छन् : नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको छवि धमिल्याउन अनेक प्रयास गरिरहने बताएका छन् ।

एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘तपाईंहरू सबैलाई यो थाहा छ कि भारतको छवि धमिल्याउन अनेक तरिकाका प्रयास चलिरहन्छन् । यस्ता खालका प्रयास अन्तर्राष्ट्रिय स्तरमा पनि चलिरहन्छन् । यो राजनीति हो भनेर हामीले तर्किन मिल्दैन । यो राजनीति होइन, यो हाम्रो देशको सवाल हो ।’

‘स्वतन्त्रताको अमृत महोत्सव मनाइरहेको अवस्थामा यो हाम्रो दायित्व हुन आउँछ कि विश्वले भारतलाई सही रूपमा जानोस् । अमृतकालको यो समयमा सुतीसुती सपना देख्ने होइन, उठेर आफ्नो संकल्प पूरा गर्नुपर्दछ’, मोदीले थपे ।

प्रधानमन्त्री मोदीले समानता र सामाजिक न्यायको बलबुतामा उभिने समाजकाे निर्माण गर्ने दाबी पनि गरे ।





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १४:२७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया