त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
फाइल तस्बिर

त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । 

आज बसेको परीक्षा नियन्त्रण कार्यालयको बैठकले माघ ९ गतेदेखिका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको हो । 

भोलि र पर्सी हुने परीक्षा भने यथावत रहने र बाँकी परीक्षा सबै स्थगित गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।  

तीन वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी गरेको थियो । अब बाँकी रहेका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

कोरोना महामारीको समयमा पनि परीक्षा सञ्चालन गरेको भन्दै चर्को विरोध हुँदै आएको थियो । चर्को विरोधपछि त्रिविले परीक्षा रोक्ने निर्णय गरेको हो । अन्य विश्वविद्यालयले भने यसअघि नै परीक्षा स्थगित गर्ने निर्णय गरेका थिए ।





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १६:३९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया