ताप्लेजुङ ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।    

मेरिङदेन गाउँपालिका-३ खाम्लुङस्थित सडकमा मे.१ त ७४६१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब १ सय ५० मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा मेरिङदेन गाउँपालिका-१ थिङलाबु बस्ने ४५ वर्षीय च्याप्जु भन्ने निमा शेर्पाको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका ट्याक्टरका चालक र सहचालकलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।    दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १७:०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया