शेष घलेको दबाबपछि एनआरएनए बैठकका निर्णय फेरियो

गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद समाधान गर्न गठित समितिका संयोजक शेष घलेको दबाबमा संघको केन्द्रीय समितिले गरेका निर्णय परिवर्तन भएका छन् । विवाद समाधान गर्न उच्चस्तरिय समिति बनेको करिब चार दिनपछि शेष घलेले केन्द्रीय समितिले गरेका निर्णयका बुँदामध्ये दुईवटा हेरफेर गर्न अध्यक्ष कुमार पन्तलाई दबाब दिएका हुन् ।

गत शनिबार संघको केन्द्रीय समितिले गरेका निर्णयमध्ये दुई बुँदा एनआरएनए जापानको विवादको जाँचबुझ गर्ने जिम्मेवारीमा रहेका पूर्वअध्यक्ष भवन भट्टको नाम झिकेर त्यसको ठाउँमा हाल निर्मित समितिलाई नै दिनुपर्ने माग घलेले गरेका थिए । पूर्वअध्यक्ष भवन भट्ट जापानमै रहेकाले जापानको समस्या हेर्न भट्टलाईनै दिनु उचित हुने निर्णय आइसिसी बैठकले गरेको थियो ।

त्यस्तै, एनआरएनए आइसिसी बैठकले हालको उच्चस्तरीय समितिले प्रतिनिधि विवादको समस्या सल्टाएर २६ फेब्रुअरीसम्म दिनुपर्ने र यदि २६ जनवरीसम्म नदिएमा ‘अध्यक्षले उचित कदम चाल्ने’ उल्लेख थियो ।

उच्चस्तरीय समितिका संयोजक शेष घलेले ‘२६ तारिखसम्म उच्चस्तरीय समितिले प्रतिनिधि छनोटको विवाद समाधान गरेर तयार पारेको सूची २६ फेब्रुअरीसम्म नदिएमा अध्यक्षले उचित वा आवश्यक कदम चाल्ने भन्ने बुँदालाई हटाउन माग गरेका थिए ।

सुरुमा शेष घलेले उक्त बुँदा हटाउन अध्यक्ष कुमार पन्तमार्फत संघका केन्द्रीय महासचिव डा. हेमराज शर्मासँग माग गरेका थिए । 





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १७:५१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया