नेप्से ३३.०३ अंकले वृद्धि, ५ अर्ब ७७ करोडको कारोबार

साताको अन्तिम कारोबारको दिन शेयर बजारमा मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । 

बुधबार ३८ अंकले गिरावट आएको नेप्से परिसूचकमा बिहीबार ३३ अंकले उकालो लागेको छ । पछिल्लो सातामा दुई लगातार रूपमा नेप्से परिसूचकमा गिरावट आएको थियो । तर,  साताको अन्तिम कारोबारको दिन आज नेप्से परिसूचक ३३.०३ अंक बढेर २ हजार ९३१.३४ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ४.०९ अंक, फ्लोट इण्डेक्स २.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक बढेको छ ।

आज कारोबारमा आएका २२९ कम्पनी १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । जसमा आज १७९ कम्पनीको सेयरमूल्य बढेको छ ।

कारोबारमा आएका १३ उपसमूहको परिसूचकमध्ये २ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक बढेको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी  ३.३६ प्रतिशत बढेको छ । 

त्यस्तै, वित्त उपसमूहको परिसूचक ३.०४ प्रतिशत ,जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । तर,यता बैंकिङ र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ ।

आजको कारोबारमा तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा मैलुङ्ग खोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको हो ।  



त्यसैगरी, न्यादी हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत र गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ । आज कारोबार रकमका आधारमा २२ करोड २० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार गरेर आईएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । अपि पावरको १८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।



  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १७:५३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया