शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही अघि बढाउने बताएका छन् ।
बिहीबार सिंहदरबारमा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसँगको छलफलका क्रममा उनले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही गर्ने बताएका हुन् ।
चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने क्रम नरोकिएको भन्दै विद्यार्थीहरूले शिक्षा मन्त्रीसँग छलफल गरेका थिए ।
मन्त्री पौडेलले बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउन गृह मन्त्रालयसँग छलफल भइसकेको र कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।