काठमाडौं उपत्यकामा आज रातिबाट जोर-बिजोर प्रणाली लागू गरिने भएको छ । कोरोना संक्रमितको संख्या बढेपछि सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरिन लागिएको हो ।
उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठकको आदेशअनुसार जोर गतेका दिन जोर नम्बरका सवारीसाधन र बिजोर गतेका दिन बिजोर नम्बरका सवारीसाधन सञ्चालन गर्न पाइने छ । त्यस्तै, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, यात्रुले देख्ने गरी ढोका नजिकै सेनिटाइजर राख्नुपर्ने, चालक तथा सहचालकले फेस सिल्ड लगाउनुपर्ने पनि प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।
त्यस्तै, प्रशासनले सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपरमार्केट र सबै प्रकारका पसलमा एकपटकमा २० जनाभन्दा धेरै प्रवेश नगराउन, प्रवेश गर्दा पूर्ण रूपमा खोप लगाएको कार्ड देखाउनुपर्ने, जनस्वास्थ्यका मापदण्ड पालन गरी व्यवसाय सञ्चालन गर्नुपर्ने आदेश जारी गरेको छ ।
उपत्यकाका सिडिओको बैठकले पार्टी प्यालेसमा एक पटकमा पूर्ण खोप लगाएका २० जनामा उपस्थित हुन सक्ने, जनस्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति लिएर विवाह व्रतबन्ध न्वारन तथा पास्नी जस्ता धार्मिक, साँंस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्ने दिने निर्णय पनि गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।