लिभरपुल कारवाओ कपको फाइनलमा, उपाधिको लागि चेल्सीसँग भिड्ने
फरकधार / ७ माघ, २०७८

घरेलु टोली आर्सनललाई २-० ले पराजित गर्दै लिभरपुल इंग्लिस फुटबल लिग कप (कारवाओ कप) को फाइन प्रवेश गरेको छ ।



इमिरेट्स स्टेडिडयममा शुक्रबार बिहान भएको दोस्रो लेगमा लिभरपुुललाई जित दिलाउन दुवै गोल डिएगो जोटेला गरे । जोटाले खेलको १९ औं  र ७७ औं  मिनेटमा गोल गर्दै टोलीको फाइनल यात्रा पक्का गरे।

दुवै गोलका लागि ट्रेन्ट एलेक्सान्डर आर्नोल्डले अवसर सिर्जना गरेका थिए । पहिलो लेग गोलरहित बराबरीमा टुंगिएको  थियो ।



लिभरपुलले २७ फेब्रुअरीमा उपाधिका लागि चेल्सीको सामना गर्नेछ । चेल्सीले टोटेनहमलाई पराजित गर्दै  फाइनलमा स्थान बनाएको हो । 



  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार ७:५२:५१,   अन्तिम अपडेट : माघ ७, २०७८ शुक्रबार ७:५३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया