उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै, निर्वाचनको विषयमा छलफल हुने

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार बैठकमा आगामी निर्वाचनको सन्दर्भमा छलफल हुनेछ ।

केही दिनयता गठबन्धनमा स्थानीय तह निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला गर्ने भनेर बहस भइरहेको छ । यो बहसमा प्रधानमन्त्री शेरबहादुर देउवा वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने पक्षमा देखिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने संघीय चुनाव अगाडि गर्नुपर्नेमा पक्षमा छन् ।

शीर्ष नेताहरूबीच यो विषयमा सहमति नजुटेपछि बिहीबार बोलाइएको समन्वय समितिको बैठक स्थगित गरिएको थियो । बैठक स्थगितपछि बिहीबार साँझ प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको थियो । सोही भेटवार्तापछि समन्वय समितिको बैठक अपरान्ह ४ बजे बोलाइएको हो । 





  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार ८:४८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया