रोमाञ्चक जित निकाल्दै रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा

घरेलु टोली इल्चेमाथि २-१ को रोमाञ्चक जित निकाल्दै रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । तीनै गोल खेलको अतिरिक्त समयमा भएका हुन् ।

निर्धारित ९० मिनेट गोल रहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । म्यानुयल मार्टिनेज भलेरोमा बिहीबार राति सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली स्तब्ध बन्यो । 

१०२ औं मिनेटमा कप्तान मार्सेलो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिँदा रियल १० खेलाडीमा सीमित भयो ।  १०३ औं मिनेटमा गोन्जालो भेर्डुले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । १०८ औं मिनेटमा इस्कोले गोल गर्दै रियललाई १-१ को बराबरीमा ल्याए । 

११५ औं मिनेटमा मिडफिल्डर इडेन हाजार्डले गोल गर्दै रियललाई २-१ को रोमाञ्चक जित दिलाए । अतिरिक्त समयको पनि थप गरिएको समयमा पेरे मिल्लाले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि इल्चे पनि १० खेलाडीमा सीमित बनेको थियो । 





  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार ८:५५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया