रेणु यादवलाई मन्त्रीबाट हटाउन योगेश भट्टराईको माग

नेकपा एमालेका सचिव योगेश भट्टराईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु कुमारी यादवलाई पदबाट हटाउन माग गरेका छन् । भट्टराईले हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण गर्ने मन्त्री यादवलाई तत्काल पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका हुन् ।

‘प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हटाउनुपर्‍यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नुपर्‍यो, अर्को बाटो छैन,’ भट्टराईले ट्विटरमा लेखेका छन् । 

भौतिक पूर्वाधारमन्त्री यादवले बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा अर्को गौर नरसंहार मच्चाएर जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएकी थिइन् ।  






  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १०:१४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया