पसलबाट प्रहरीले नै मोबाइल चोरेपछि... (भिडियोसहित)

समाजमा शान्ति सुरक्षा दिने प्रहरी नै चोरी गरिरहेको फेला परेको छ । कैलालीको धनगढीस्थित एक मोबाइल ग्यालरीबाट प्रहरीले नै मोबाइल चोरेको भिडियो सार्वजनिक भएको हो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

धनगढी ट्राफिक चौराहामा रहेको ग्लोबल मोबाइल ग्यालरीबाट प्रहरीले माेबाइल चाेरेका हुन् ।

बिहीबार लागुऔषध कारोबार भइरहेको छ भनेर ग्यालरीमा खानतलासी गर्न प्रहरी टोली त्यहाँ पुगेको थियो । 

मोबाइल ग्यालरी सञ्चालक सुवास रावलका अनुसार खानतलासीको नाममा दुईवटा मोबाइल प्रहरी कर्मचारीले नै चोरी गरेका हुन् । उनले चोरीमा संलग्न प्रहरीलाई कारबाहीकाे माग गर्दै प्रहरीमा नै निवेदन दिएको जानकारी दिए । 

बिहीबार प्रहरीले लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका ग्यालरीबाट ३ जनालाई पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-५ का पसल सञ्चालक दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक विष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारी रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।



प्रहरीले उनीहरूको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको थियो ।

हवल्दार र जवान प्रहरी हिरासतमा



मोबाइल ग्यालरीमा मोबाइल चोरी गरेका दुई जना प्रहरीमाथि जिल्ला प्रहरी कार्यालय कैलालीले छानबिन सुरु गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई हिरातसतमा राखेर छानबिन थालिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले दुबै जनालाई हिरातसमा राखिएको जानकारी दिए ।

‘लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा खटाइएको थियो । ग्यालरीमा चोरी गरेको भिडियो सार्वजनिक भएपछि उनीहरूलाई हिरातसमा राखिएको हो’, उनले भने ।

भिडियाे हेर्नुहाेस् :


 

  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार ११:६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया