पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो
फाइल तस्बिर

पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडकखण्ड बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आएको हो । 

इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

नारायणगढ–मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार रातिदेखि नै पहिरो पन्छाउने काम थालिएको थियो । सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको छ ।

तीनवटा एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो । सडकको ३० मिटर भाग पहिराले ढाकेको उनले जानकारी दिए । झण्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको उनले बताए । 





  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १३:१८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया