विरेनको 'तिम्रो याद'मा अञ्जना

'खुसी उमङ्ग' बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा कमाएका अमेरिकाको पेन्सलभेनिया निवासी गायक विरेन रसाइलीले फेरि आफ्नो नयाँ म्युजिक भिडियो ‘तिम्रो याद’ सार्वजनिक गरेका छन्।  

सीडी विजय अधिकारीले संगीतबद्ध गरेको यस गीतमा दिलीप घिमिरेको शब्द रहेको छ । गीतको देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडीलाई राजा रानीको भूमिकामा प्रस्तुत गरिएको छ । भिडियोमा अमिषा सुवेदी समेत फिचर्ड छिन् ।  

ताज प्लालेसमा छायाँकन गरिएको यस भिडियोलाई उत्सव दाहालले  खिचेका हुन् । भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ । भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । निर्माणकर्ताद्वय रनमाया रसाइली र कुसुम न्यौपाने रहेको यस भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।  





  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १७:१९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया