आज सर्वदलीय बैठक बस्दै, चुनावकाे बारेमा छलफल हुने
फाइल फाेटाे

प्रधानमन्त्री शेरबहादुर देउवाकाे आह्वानमा आज (शनिबार) सर्वदलीय बैठक बस्ने भएकाे छ। 

बैठक बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा स्थानीय तहकाे निर्वाचन, संसद खुलाउने लगायतका विविध विषयमा छलफल गरिने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

शुक्रबार सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा तीनै तहको निर्वाचन एकैपटक गराउनेबारे छलफल भएको थियो ।

समन्वय समितिको बैठकले निर्वाचनबारे संविधानविद् र निर्वाचन आयोगसँग छलफल गर्ने निर्णय गरेको छ । त्यसअघि प्रधानमन्त्री देउवाले स्थानीय तलको निर्वाचनलगायतका विषयमा सर्वदलीय बैठकमा छलफल गर्ने भएका हुन् ।
 





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार ८:२१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया