स्थानीय निर्वाचन जेठभन्दा पर धकेल्ने कार्यमा किमार्थ सहमति छैन : विष्णु रिजाल

नेकपा एमालेले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा सहमति नहुने स्पष्ट गराएको छ । 

पार्टीका केन्द्रीय प्रचार विभाग विष्णु रिजालले स्पष्ट धारणा सार्वजनिक गर्दै सो कुरा बताएका हुन्।  

‘स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा नेकपा एमालेको किमार्थ सहमति नहुने हाम्रो धारणा स्पष्टै छ’, रिजालले भनेका छन् ।

साथै, प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकबारे पनि आफ्नो पार्टीलाई कुनै जानकारी नभएको उनले बताएका छन् । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आजको बैठकमा एमाले उपस्थित नहुने भएको हो । उनले फरकधारलाई दिएको जानकारी अनुसार भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीले छुट्टै पत्रकार सम्मेलन आयोजना गर्दैछन् । 

‘हामी आजको बैठकमा जाँदैनौं । जान जरुरी पनि किन ठान्दैनौं भने निर्वाचनलाई अलमल्याउनका लागि डाकिएको बैठक हो’, ज्ञवालीले फरकधारसँग भने ।
 





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार ९:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया