देशभरका अदालत आइतबार बन्द रहने

देशभरका अदालत आइतबार बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आइतबार देशभरका अदालत हुने भएका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले पूर्वप्रधानन्यायाधीश शर्माको निधनको शोकमा आइतबार देशभरका अदालत बन्द हुने जानकारी दिए ।

शनिबार बसेको सर्वोच्चको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गर्दै एकदिन आइतबार देशभरका अदालतमा बिदा दिन निर्णय गरेको हो ।

पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । उनको शनिबार अन्त्येष्टि गरिएको छ ।  





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १४:५७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया