नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्ति राजनीतिक मर्यादाविपरीत रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले फरक मत राख्ने अधिकार सबैलाई भएको तर मन्त्री यादवको अभिव्यक्ति पदीय मर्यादाविपरीत भएको टिप्पणी गरेका हुन् । हिंसालाई प्रोत्साहन दिने, द्वन्द निम्त्याउने अभिव्यक्ति सामाजिक र कानुनी रूपमा अपराध हुने उनको तर्क छ ।
'मन्त्री यादवको अभिव्यक्ति राजनीतिक मर्यादा विपरीत छ । फरक मत र विचार राख्ने अधिकार सबैलाई हुन्छ तर शैली मर्यादित हुनुपर्छ । हिंसालाई प्रोत्साहन दिने, द्वन्द निम्त्याउने अभिव्यक्ति सामाजिक र कानुनी रूपमा अपराध हुन् । अझ जिम्मेवार व्यक्तिबाट यस्ता अभिव्यक्ति आउनु पदीय मर्यादाविपरीत हो' उनले भनेका छन् ।
मन्त्री यादवले रौतहटको एक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको ज्यान लिने धम्की दिएपछि उनको चर्को आलोचना भइरहेको छ ।
मन्त्री यादवको अभिव्यक्ति राजनीतिक मर्यादा विपरीत छ।फरक मत र विचार राख्ने अधिकार सबैलाई हुन्छ तर शैली मर्यादित हुनुपर्छ।हिंसालाई प्रोत्साहन दिने,द्वन्द निम्त्याउने अभिब्यक्ती सामाजिक र कानुनी रूपमा अपराध हुन्।अझ जिम्मेवार ब्यक्ति बाट यस्ता अभिव्यक्ति आउनु पदिय मर्यादा बिपरित हो।
— Pradip Paudel (@paudelpradipNC) January 22, 2022
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।