नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनबारे टिप्पणी गरेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार देशवासीका नाममा सम्बोधन गरेका थिए ।
शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् । उनले प्रधानमन्त्रीको सम्बोधन संविधान र लोकतन्त्रको पक्षमा चुनावबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो रहेको पनि बताए ।
'प्रधानमन्त्री देउवाको भाषण ध्यानपूर्वक पढियो । राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन! कसैले घाँटीमा अँठ्याए जस्तो, कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो, संविधान र लोकतन्त्रको पक्षमा चुनाउबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो!' उनले भनेका छन् ।
प्र.मं. देउवाको भाषण ध्यानपूर्वक पढियो।राष्ट्रिय हित,स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन! कसैले घाँटीमा अँठ्याए जस्तो, कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो, संविधान र लोकतन्त्रको पक्षमा चुनाउबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो!
— Dr. Bhim Rawal (@BhimRawal179) January 22, 2022
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।